Kathmandu Press

‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ १४ वैशाखदेखि 

काठमाडौं, चैत ३० : ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शिर्षकमा १४ वैशाखदेखि एक महिनासम्म कला प्रदर्शनी हुने भएको छ। विकल्प आर्ट सेन्टरको...
‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ १४ वैशाखदेखि 

काठमाडौं, चैत ३० : ‘रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स’ शिर्षकमा १४ वैशाखदेखि एक महिनासम्म कला प्रदर्शनी हुने भएको छ। विकल्प आर्ट सेन्टरको प्रस्तुतीको रुपमा सरोज महतोले क्युरेट गरेको प्रदर्शनी वैशाख १४ बाट सुरु हुन लागेको हो।

६० को दशकदेखि हालसम्म नेपालमा चलिआएको कलाका विभिन्न शैलीहरुमा आधारित रहेका चित्रकलाहरु देखाइने प्रशर्दनी काठमाडौं उपत्यकाका विभिन्न पाँच ठाउँमा हुँदैछ। क्युरेटर महतोकाअनुसार आधुनिक समयमा विगतको कलालाई अवलोन गर्ने उदेश्यसहित उत्पत्ति र विविधताका साथै आधुनिक सन्दर्भसँग कलालाई जोडिनेछ।

प्रदर्शनीमा विभिन्न विधामा ४५ जना कलाकारहरुको चित्रकला, मुर्तिकला, प्रिन्टमेकिङ्ग र फोटोग्रापीजस्ता सिर्जनाहरुलाई राखिने महतोले बताए। सँगै प्रदर्शनीमा इन्सटलेसन, भिडियो प्रोजेक्टन, साउण्ड र लाइट इन्सटलेसनजस्ता फरक फरक किसिमका कला प्रदर्शनीहरु १० जना कलाकारले प्रस्तुत गर्नेछन्। तीन साता चल्ने प्रदर्शनीमा ५ जना प्रर्फमेन्स आर्टिष्ट तथा समूहहरुले आफ्नो प्रस्तुती दिनेछन्। सँगै सांगितिक प्रस्तुती पनि रहेको छ। 

प्रदर्शनी उपत्यकाका विभिन्न चार ठाउँमा हुँदैछ। पुल्चोकस्थित विकल्प आर्ट सेन्टरसँगै पाटनस्थित पार्क ग्यालेरी, ठमेलस्थित ग्यालेरी अफ कृएटिभ्स र ठमेलस्थित विद्रोह ग्यालेरीमा प्रदर्शनी राखिनेछ। 

प्रदर्शनीका क्रममा ६० को दशकदेखि ९० को दशकसम्म नेपाली चित्रकलामा योगदान दिएका कलाकारहरुको चित्रकला प्रदर्शनी हुनेछ। 

दिग्गज कलाकार स्व। लैनसिंह वाङदेल, स्व आरएन जोशी, र स्व। इन्द्र प्रधानसँगै अग्रज कलाकार शशि विक्रम शाह, बत्श गोपाल वैद्य, विरेन्द्र प्राताप सिंहलगायतका कलाकारको चित्रकलालाई पनि प्रदर्शनीमा राखिने क्युरेटर महतो बताउँछन्।

‘प्रदर्शनीमा यसको उदेश्यअनुसारका कलाकार र उनीहरुको सिर्जनालाई समेट्ने प्रयास गरेका छौं,’ महतो भन्छन्, ‘प्रदर्शनीमा नेपाली कला क्षेत्रमा असाधारण योगदान दिने स्थापित  दिग्गज कलाकारदेखि कला क्षेत्रमा आफ्नो पहिचान खोजिरहेका कलाकारहरुसम्म रहेका छन्। विगतदेखि वर्तमानसम्मका नेपाली कलाको उत्सवको रुपमा हामीले प्रदर्शनीलाई आयोजना गरेका छौं।’

वैशाख १४ गतेबाट सुरु हुने प्रदर्शनी आगामी एक महिनासम्म चल्ने महतो बताउँछन्। प्रदर्शनीमा चित्रकला, सांगितिक प्रस्तुती, इन्सटलेसन, कविता वाचनलगायतका कार्यक्रमसँगै समसायमिक कलाकारिताको विषयमा पनि विमर्शका कार्यक्रमहरु रहेको छ। 

२०१३ मा स्थापना भएको ‘विकल्प आर्ट सेन्टर’ले करिब एक दशकयता नेपाली कला क्षेत्रमा काम गर्दै आएको छ। समयसमयमा स्वतन्त्र कलाकारहरुको चित्रकला तथा अन्य सिर्जनाहरको प्रदर्शनी गर्नेदेखि फिल्म, प्रर्फमेन्स आर्ट, संगितजस्ता कलाका विविध माध्यमहरुमा काम गरिरहेको विकल्पले समसायिक कला क्षेत्रमा संघर्ष गरिरहेकाहरुलाई स्थान दिने र स्थापित कलाकारहरुको सिर्जनालाई वर्तमान समूदाय समक्ष चिनाउने काम गरिरहेको महतो बताउँछन्।

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्