Kathmandu Press

सेतो मच्छिन्द्रनाथ रथजात्राको लगनमा तीन चक्कर (तस्बिरहरु) 

आज उमामहेश्वर, नायपाचो जाने बाटोसम्म रथ तानिनेछ। त्यसपछि मछिन्द्रनाथलाई रथबाट निकालेर लगन हुँदै ह्युमत, जोशीदेगल, क्वहिटी, भीमसेनस्थान, मरुटोल, प्याफल, नरदेवी, किलागल, भेडासिंह, केलटोल हुँदै मन्दिरमा लगेर जात्रा सम्पन्न हुनेछ।
सेतो मच्छिन्द्रनाथ रथजात्राको लगनमा तीन चक्कर (तस्बिरहरु) 

काठमाडौं, चैत ३० : सेतो मच्छिन्द्रनाथ (जनबाहा:द्य)को रथजात्रा लगन पुगेको छ। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई खटमा राखी जनबहालबाट नगरपरिक्रमा गराई तिनधारा पाठशाला अगाडि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ । 

चैत शुक्ल अष्टमीदेखि शुरु भएको जात्रा, पहिलो दिन तिनधारा पाठशालाबाट बाजागाजा सहित रथ तानेर असन पुर्याइएको थियो। सोहि दिन बेलुकी राष्ट्रपतिले मच्छिन्द्रनाथको दर्शन गरेकी थिइन्। दोस्रो दिन रथ असनबाट तानेर हनुमानढोका पुर्याइएको थियो। तेस्रो दिन रथ हनुमानढोकाबाट तानेर लगन पुर्याइएको थियो।

Hardik ivf

चौथो दिन हिजो (मंगलबार)लगनमा रहेको सेतो मच्छिन्द्रनाथको आमा माजु सिमा (मा सिमा)को रुखको मन्दिर तीन चक्कर परिक्रमा गराईएको छ। 

आज (बुधबार)उमामहेश्वर, नायपाचो जाने बाटोसम्म रथ तानिनेछ। त्यसपछि मछिन्द्रनाथलाई रथबाट निकालेर लगन हुँदै ह्युमत, जोशीदेगल, क्वहिटी, भीमसेनस्थान, मरुटोल, प्याफल, नरदेवी, किलागल, भेडासिंह, केलटोल हुँदै मन्दिरमा लगेर जात्रा सम्पन्न हुनेछ।

'

'

 

प्रकाशित मिति: १०:४४ बजे, बुधबार, चैत ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्