Kathmandu Press

यशका फ्यानहरूले बनाए ‘बुक पोट्रेट’

काठमाडौं, चैत २८ : दक्षिण भारतीय कलाकार यशका फ्यानहरूले उनका लागि ‘बुक पोट्रेट’ .बनाएका छन् । ‘केजिएफ-च्याप्टर २’ रिलिज हुनु अघि उनका फ्यानले धेरै किताबलाई...
यशका फ्यानहरूले बनाए ‘बुक पोट्रेट’

काठमाडौं, चैत २८ : दक्षिण भारतीय कलाकार यशका फ्यानहरूले उनका लागि ‘बुक पोट्रेट’ .बनाएका छन् । 

‘केजिएफ-च्याप्टर २’ रिलिज हुनु अघि उनका फ्यानले धेरै किताबलाई एकै ठाउँमा राखेर यशको अनुहारको आकृति स्पष्ट देखिने गरी ‘बुक पोट्रेट’ बनाएका हुन्।

Hardik ivf

उक्त पोट्रेटमा कुल २० हजार ७ सय वटा किताब रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। मलुरको ह्वाइट गार्डेन ग्रोण्डमा बनाइएको उक्त पोट्रेटको चौडाइ १३० फिट र लाम्बाइ १९० फिट रहेको छ।

साे पोट्रेट २५ हजार ६५० स्क्वायरफिटमा फैलिएको छ। उक्त पोट्रेट ‘यश फ्यान एसोसिएसन अफ मलुर’ले बनाएको हो। 

प्रशान्त निलद्वारा लिखित र निर्देशन गरिएको केजिएफ-च्याप्टर २ अप्रिल २२ मा रिलिज हुँदैछ। जसमा यश, सञ्जय दत्त, रविना टन्डन, श्रीनिधि सेट्टी, प्रकाश राज लगायतको मुख्य भूमिका रहेको छ।

प्रकाशित मिति: १८:०० बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्