Kathmandu Press

गायक सुजन चापागाईको ‘घुमी घुमी’

काठमाडाैं, चैत २७ : गायक सुजन चापागाईको ‘घुमी घुमी’ बोलको लोक गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शान्ति श्री परियारको पनि स्वर दिएकी...
गायक सुजन चापागाईको ‘घुमी घुमी’

काठमाडाैं, चैत २७ : गायक सुजन चापागाईको ‘घुमी घुमी’ बोलको लोक गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा शान्ति श्री परियारको पनि स्वर दिएकी छिन्। गीतमा शब्द हर्क साउदको रहेको छ।

यस अघि पनि गायक सुजन चापागाईको स्वर र हर्क साउदको शब्दमा ‘तीनपाते’ बोलको गीतले दर्शकको साथ पाएको थियो। यस बाहेक चापागाईका ‘लजाएर’, ‘गाला पुक्क’, ‘बाफ’ गीत दर्शकश्रोतामाझ चर्चित छन्।

गीतको भिडियो करिब साँढे १७ मिनेटको रहेको छ। भिडियोमा अभिनेता बिपिन कार्कीसहित अन्जाना बराइली, सम्रान्त थापा र हर्क साउदलाई देख्न सकिन्छ।

भिडियोको निर्देशन नविन चौहानले गरेका छन्। अब्बास कियोरास्तामी ग्रामिण परिवेशमा फक्रेको प्रेम कथा भिडियोमा देख्न सकिन्छ।

 

प्रकाशित मिति: १८:४० बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्