Kathmandu Press

रणवीर र आलियाको विवाह अप्रिल १७ मा पन्जाबी शैलीमा हुने

काठमाडाैं, चैत २७ : बलिउडका चर्चित अभिनेता-अभिनेत्री रणवीर कपूर र आलिया भट्टको एक सातापछि विवाह हुँदैछ।उनीहरूबीच यही अप्रिल १७ मा विवाहको मिति तय भएको...
रणवीर र आलियाको विवाह अप्रिल १७ मा पन्जाबी शैलीमा हुने

काठमाडाैं, चैत २७ : बलिउडका चर्चित अभिनेता-अभिनेत्री रणवीर कपूर र आलिया भट्टको एक सातापछि विवाह हुँदैछ।

उनीहरूबीच यही अप्रिल १७ मा विवाहको मिति तय भएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ।

आलिया भट्टका काकासमेत रहेका साहित्यकार तथा अभिनेता रविन भट्टले उनीहरूको विवाहको मिति टुंगो लागेको पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरूले  बताएका छन्।

लामो समयदेखि उनीहरु विवाह बन्धनमा बाँधिन लागेको खबरले चर्चा पाइरहे पनि पुष्टि भने हुन सकिरहेको थिएन।

रविन भट्टका अनुसार रणवीर-आलियाको विवाह सामान्य पन्जाबी शैलीमा आरके हाउसमा हुने बताइएको छ। विवाह समारोह अप्रिल १४ देखि १८ मा पाँच दिन चल्नेछ। विवाहमा घनिष्ठ साथीहरूलाई मात्र बोलाइनेछ।

विवाहका लागि आलियाका पिता महेश भट्टले सुटिङबाट विश्राम लिएका छन्।

अहिले विवाहमा कति जना आउने भन्ने कुरा मलाई थाहा छैन। म आफैँ पनि पाहुना हुँ। विवाह अप्रिल १७ तारिखको राति हुनेछ।

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्