Kathmandu Press

गायत्रीले ल्याइन् कांग्रेस गीत ‘चार तारे झन्डा फरर’ 

काठमाडौं, चैत २७ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न गायकगायिकाले आफू आबद्ध तथा नजिकका राजनीतिक पार्टीलाई सघाउने उद्देश्यले विभिन्न गीत संगीत सार्वजनिक गर्न थालेका...
गायत्रीले ल्याइन् कांग्रेस गीत ‘चार तारे झन्डा फरर’ 

काठमाडौं, चैत २७ : स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न गायकगायिकाले आफू आबद्ध तथा नजिकका राजनीतिक पार्टीलाई सघाउने उद्देश्यले विभिन्न गीत संगीत सार्वजनिक गर्न थालेका छन्।

यस्तैमा गायिका तथा गीतकार गायत्री थापाले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाली कांग्रेसलाई निर्वाचनमा सघाउने उद्देश्यले कांग्रेस गीत ‘चार तारे झन्डा’ ल्याएकी छन्।

गीत शनिबार साँझ आयोजित एक कार्यक्रममा नेपाली कांगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरे। कार्यक्रममा महामन्त्री शर्माले कलाकारको सिर्जना ठुलो बल हुने बताउँदै ‘चार तारे झन्डा फरर’ गीतले स्थानीय चुनावमा नेपाली कांग्रेसलाई जिताउन सजिलो हुने बताए। 

Hardik ivf

‘कांग्रेस गीत बनाएको गीतकार थापालाई धन्यवाद। कलाकारको यस्तै साथ र सपोर्ट भए कांग्रेसले स्थानिय निर्वाचनमा सजिलै जित हासिल गर्छ भन्ने मेरो विश्वास रहेको छ’ महामन्त्री शर्माले अगाडि थपे ‘गीत तथा साहित्यको बल ठुलो हुन्छ।’ शर्माले कांग्रेस गीत सबैको मनमनमा बस्ने खालको बनेको बताए।

त्यस्तै गायिका तथा गीतकार थापाले नजिकिँदै गरेको निर्वाचनमा नेपाली कांग्रेसलाई विजय प्राप्त गर्न सघाउने उद्देश्यले गीत बनाएको बताइन्। ‘स्थानीय निर्वाच नजिकिँदै गर्दा आफू नजिकको पार्टीलाई जिताउन कलाकारले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ,’ थापाले भनिन्, ‘नेपाली कांग्रेसले मात्र देशभर जनताको भलो गर्न सक्छ। त्यो बुझाउन मैले गीत बनाएको हो।’ आफ्नो गीतमार्फत नेपाली कांग्रेसको महत्व आम नेपालीले बुझ्ने उनको भनाइ छ।

गीतले कांग्रेसभन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचीदेखि महाकालीसम्म सबै मिलेर बिपीको समाजवादको नारा साकार पार्नुपर्नेमा जोड दिएको छ। गरिबको दुःख हेर्ने, मजदुरको साथ दिने, विकासको आधार नै कांग्रेस भएको समेत गीतले भनेको छ।

गीतमा राम्रो र हाम्रो पार्टी कांग्रेस नै भएको समेत उल्लेख छ। साथ दिने शीतल दिने सबैको प्यारो रुख, काँग्रेस नै हो सबैको बुझ्ने पिरदुःख जस्ता शब्दले पनि गीतमा प्राथमिकता पाएको छ।

लोक, आधुनिक थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका गायत्रीलाई यो गीत गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन्। 

राजकुमार बगरको संगीत रहेको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ। जसमा विजय पुन, रिचा थापा, आरुसी मगर, जर्नादन आचार्यलगायत थुप्रै ब्यक्तिको अभिनय देख्न सकिन्छ। अजय रेग्मीको छायांकन रहेको भिडियोमा नवीन घर्तीमगरको सम्पादन छ।

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्