१२औं छायाछवि डी सिने अवार्ड : पुष्प र केकी उत्कृष्ट अभिनेता-अभिनेत्री
डी सिने अवार्डको १२औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। छायाछवि क्रिएसनको आयोजनामा हुँदै आएको डी सिने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण...
काठमाडाैं, चैत २७ : डी सिने अवार्डको १२औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। छायाछवि क्रिएसनको आयोजनामा हुँदै आएको डी सिने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो।
२०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो। शनिबार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल भएको छ।
यस्तै, मारुनी र साङ्लो फिल्मले ६ विधामा अवार्ड जितेका छन्। प्रतिस्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरिएको थियो। वर्षको उत्कृष्ट फिल्ममा मारुनीसँगै निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जित्न सफल भए।
यस्तै अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारी अवार्ड जित्न सफल भइन् । यस्तै, जुरी अवार्डतर्फ यही फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशकमा दीपेन्द्र लामाले पनि अवार्ड जित्न सफल भए।
लेखक, निर्देशक तथा कलाकार मोहन निरौलाको संयोजकत्वमा निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा मोडल शोभिता सिम्खडा निर्णायक रहेको टोलीले अवार्डमा दर्ता भएका फिल्ममध्येबाट उत्कृष्ट चयन गरेका हुन्।
अवार्डको १२औँ संस्करणमा आइपुग्दा डिजिटल फिल्मको विकल्प नरहेको अवार्ड अध्यक्ष शान्तिप्रियले बताए। उनले आफूसहित आफ्नो टिम सात प्रदेश १४ सहरमा फिल्म प्रमोसनका विविध कार्यक्रम लिएर पुग्नेसमेत बताए।
इभेन्ट आयोजनाका लागि हेराल्ड मिडियाका तर्फबाट समिर लामा संयोजन रहेका थिए भने लामाको संयोजकत्वमा भएको १२औं संस्करणको अवार्डमा छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकै पहिलो फिल्म ‘आमा’बाट नेपाली रजतपटमा प्रवेश गरी प्रथम नायिकाको उपमा पाएकी भुवन चन्दलाई प्रदान गरियो । उनलाई नगद २५ हजार १ रुपैयाँसहित सम्मान गरिएको हो।
त्यस्तै छायाछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष तर्फ) अभिनेता विजय लामा र छायाछवि चलचित्रकर्मी रजत सम्मान (महिला तर्फ) झरना थापालाई प्रदान गरियो। छायाछवि चलचित्र पत्रकारिता पुरस्कार विष्णुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ। उनलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो।
यस्तै, नेपाली फिल्मको प्रवर्धनमा योगदान दिएको भन्दै मोडल सागर घिसिङ, गीतकार सुरेन्द्र महर्जन, निर्माता विनोद गुरुङ, मोडेल नन्दा बस्याल, संगीतकार राजेन्द्र बजगाईं, मोडेल गौतम खाती, कलाकार इन्द्र दोङ तामाङ, निर्माण नियन्त्रक यमप्रसाद ओली र फोटो पत्रकार च्याङ्बा लामालाई डी सिने अवार्डमा आयोजक संस्था छायाछवि क्रिएसनले सम्मान गरेको थियो।
कार्यक्रममा प्रतिस्पर्धामा रहेका बाहेक चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र संघका पूर्वअध्यक्ष प्रदीपकुमार उदय, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, वरिष्ठ फिल्मकर्मी कृष्ण मल्ल, निर्देशक तथा निर्माता अशोक शर्मा, चलचित्र पत्रकार संघका अध्यक्ष दिनेश सिटौला, निर्देशक दीपक श्रेष्ठ, कलाकार गजित विष्ट, निर्देशक शोभित बस्नेतलगायत फिल्मकर्मीको उपस्थिति थियो।
कार्यक्रममा जितु नेपालले आफ्नो हास्य प्रस्तुति दिँदै बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गरेका थिए भने दिपशा बिसीले नृत्य, कृष्ण काफ्लेले गायन तथा सञ्जीवनी स्कुलको स्वागत नृत्य प्रस्तुत गरे।
अवार्ड विजेताको सूची
१. उत्कृष्ट पाश्व संगीतः एलिस कार्कीः साङ्लो
२. उत्कृष्ट ध्वनीमिश्रणः अमित श्रेष्ठः जात्रै जात्रा
३. उत्कृष्ट गीतकारः राजेन्द्र थापाः जुनको जुनेलीः छ माया छपक्कै
४. उत्कृष्ट पाश्र्व गायिकाः इतु जोजिजुः बिर्सन सकिनः मखमलीमखमली
५. उत्कृष्ट पाश्र्व गायकः कृष्ण काफ्लेः हाने मैले झटारोः मारुनी
६. उत्कृष्ट चलचित्रलोक संगीत संगीतकारः वसन्त थापाः जुनको जुनेलीः छ माया छपक्कै
७. उत्कृष्ट संगीतकारः अर्जुन पोखरेलः सुन्यौ कि सुनेनौः लभ डायरिज
८. उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराजः एमजी रोडैमाः हजार जुनीसम्म
९. उत्कृष्ट द्वन्द्व निर्देशकः श्री श्रेष्ठः साङ्लो
१०. उत्कृष्ट हास्यकलाकारः केदार प्रसाद घिमिरेः छ माया छपक्कै
११. उत्कृष्ट खलपात्रः प्रकाश शाहः साङ्लो
१२. उत्कृष्ट कथाः गोविन्द फुयाँलः मारुनी
१३. उत्कृष्ट पटकथाः आशुतोष राज श्रेष्ठः जाइरा
१४. उत्कृष्ट संवादः रामबाबु गुुरुङ/उपेन्द्र सुब्बाः कबड्डी कबड्डी कबड्डी
१५. उत्कृष्ट नवनायिकाः रुवीना थापाः लभ डायरीज
१६. उत्कृष्ट नवनायकः अंकीत शर्माः रातो टीका निधारमा
१७. उत्कृष्ट नवनिर्देशकः विराज भट्टः साङ्लो
१८. उत्कृष्ट चरित्र अभिनेत्रीः मिथिला शर्माः आमा
१९. उत्कृष्ट चरित्र अभिनेताः माओत्से गुरुङः कबड्डी कबड्डी कबड्डी
२०. उत्कृष्ट सहअभिनेत्रीः स्वस्तीमा खड्काः हजार जुनीसम्म
२१. उत्कृष्ट सहअभिनेताः जितु नेपालः छ माया छपक्कै
२२. उत्कृष्ट छायाकारः सञ्जय लामाः मारुनी
२३. उत्कृष्ट सम्पादकः बिपिन मल्लः छ माया छपक्कै
२४. उत्कृष्ट अभिनेत्रीः केकी अधिकारीः छ माया छपक्कै
२५. उत्कृष्ट अभिनेताः पुष्प खड्काः मारुनी
२६. उत्कृष्ट निर्देशकः नबल नेपालः मारुनी
२७. उत्कृष्ट फिल्मः मारुनीः पुनम इन्टरटेनमेन्ट प्रा.लि.
जुरीद्वारा थप गरिएका ६ विधा
इनकरेजमेन्ट अवार्डः क्षितिज सुवेदीः वीर विक्रम २
साउन्ड एडिटरः किशोर आचार्यः सानो मन
भिएफएक्स आर्टिस्टः समीर मियाँः साङ्लो
वर्षको पपुलर गायिकाः मिलन नेवारः चरीले काफलः साङ्लो
जुरी अवार्ड (निर्देशक)ः दीपेन्द्र लामाः छ माया छपक्कै
पपुलर फिल्मः छ माया छपक्कैः रोहित अधिकारी फिल्म्स प्रा.लि.










-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)
