Kathmandu Press

१५ तस्बिरमा सेतो मच्छिन्द्रनाथको रथजात्रा 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइएको छ ।
१५ तस्बिरमा सेतो मच्छिन्द्रनाथको रथजात्रा 

काठमाडौं, चैत २६ : शनिवारबाट काठमाडौंमा सेतो मच्छिन्द्रनाथको रथजात्रा सुरु भएको छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । शनिबार काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइएको छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ । तेस्रो दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ।

चाैथाे दिन लगनमा रथलाइ तीन फन्काे परिक्रमा गराइएपछि पाँचाै तथा अन्तिम दिन मच्छिन्द्रनाथकाे देवतालाइ रथबाट खटमा राखी लगनबाट ह्युमत, जैसीदेगल, क्वहिटी, भीमसेनस्थान, मरूटाेल, प्याफल, यट्खा, नरदेवी, भेडासिङ, केलटाेल हुँदै मच्छिन्द्रवहाल मन्दिरमा लगिन्छ। 

Hardik ivf

मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । शनिबारबाट सुरु भएको रथजात्रा ५ दिनमा सम्पन्न हुन्छ । तीनधारा पाठशालाबाट सुरु भएको रथजात्रा जनवहालमा पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ ।

मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा मनाउने गरिन्छ । 

प्रकाशित मिति: २१:१६ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्