जी–बबको स्वरमा ए मेरो हुजर–४ को प्रमोसनल गीत रिलिज (भिडियो)
काठमाडौं, चैत २६ : जी–बब को स्वरमा ए मेरो हजुर– ४ को प्रमोसनल गीत रिलिज भएको छ ।‘भाग भाग अब न दे धेरै...
काठमाडौं, चैत २६ : जी–बब को स्वरमा ए मेरो हजुर– ४ को प्रमोसनल गीत रिलिज भएको छ ।
‘भाग भाग अब न दे धेरै धाक’ बोलको गीत बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । सुरेन्द्र गुरुङ (हाकिम) को शब्दमा संगीत भर्ने काम भने सन्देश ढकाल (डीडट) ले गरेका छन् ।
नयाँ वर्षको अवसरमा वैशाख १ मा रिलिज हुन लागेको ए मेरो हजुर सम्भावना बोकेको नेपाली चलचित्रको रुपमा हेरिएको छ । यद्यपि, दक्षिण भारतीय चलचित्र केजिएफ : च्याप्टर–टु पनि सोही मितिमा प्रदर्शनीमा लाग्ने भएका कारण पनि ए मेरो हजुरलाई थप दबाब परेको छ ।
प्रदर्शनीको मिति नजिकिएसँगै फिल्म प्रमोसनका लागि निमार्ण पक्षको दौडधुपमा तीव्र लागिरहेको छ । युवावर्गका क्रेज जी–बबसँगको यस सहकार्यले चलचित्रलाई कति फलदायी हुने हो त्यो भने चलचित्र प्रदर्शनीमा आए पछि नै थाहा हुनेछ ।
प्रकाशित मिति: १९:०४ बजे, शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












