Kathmandu Press

भुवन केसीले काठमाडाैंकाे मेयरमा उम्मेदवारी नदिने

काठमाडौँ, चैत २६ : अभिनेता भुवन केसीले काठमाडौँ मेयरको पदका लागि उम्मेदवारी नदिने भएका छन्।आफ्नो फेसबुक पेजमा आफू मेयर पदका लागि सक्षम नरहेको उल्लेख...
भुवन केसीले काठमाडाैंकाे मेयरमा उम्मेदवारी नदिने

काठमाडौँ, चैत २६ : अभिनेता भुवन केसीले काठमाडौँ मेयरको पदका लागि उम्मेदवारी नदिने भएका छन्।

आफ्नो फेसबुक पेजमा आफू मेयर पदका लागि सक्षम नरहेको उल्लेख गरेका छन्। उन्नत लोकतन्त्र पार्टीले खुला किताबमार्फत चिह्नमार्फत उनलाई महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

Hardik ivf

उनले आफू हाल कुनै पनि पार्टीमा आबद्ध नभएको पनि सोही स्टाटसमार्फत स्पष्ट पारेका छन्।

यद्यपि, आफूलाई स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल तथा आमन्त्रण भएको उनले उल्लेख गरेका छन्।
सोही सन्दभैमा उन्नत लोकतान्त्रिक पार्टीसँग छलफल भएको तर कुनै ठोस निर्णय भने भइनसकेको पनि उनले अवगत गराए। 

प्रकाशित मिति: १८:५१ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्