Kathmandu Press

रमजानको रौनक (तस्बिरहरू)

रोजा सुरू भएको पहिलो दिन आइतबार काठमाडौंको घन्टाघरस्थित नेपाली जामे मस्जिदमा मुस्लिम धर्मालम्बीहरूको विशेष चहलपहल देखिएको छ।
रमजानको रौनक (तस्बिरहरू)

काठमाडाैं, चैत २० : इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व रमजान आज (आइतबार) बाट सुरु भएको छ।

यो पर्वमा इस्लाम धर्मालम्बी एक महीना रोजा बस्छन्। बिहानैदेखि सूर्यास्त नभएसम्म पानी पनि खाँदैनन्। बिहान ४ः१५ बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ।

रोजाको समयमा दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुनेगर्छ। रमजानको महिनामा नै सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ। यो महिनाभरी दान दिने, गरीब तथा दीनदुःखीको सेवा गर्ने प्रचलन छ।

रोजा सुरू भएको पहिलो दिन काठमाडौंको घन्टाघरस्थित नेपाली जामे मस्जिदमा मुस्लिम धर्मालम्बीहरूको विशेष चहलपहल देखिएको छ। कोरोना संक्रमण घटेको हुँदा यसपालि नमाज पढ्न मस्जिदमै आउँदा चहलपहल देखिएको हो।

कोरोना संक्रमणका कारण यसअघि दुई वर्ष भने नमाज पढ्नेहरू घरमे सीमित रहेकाले जामे मस्जिद सुनसान बनेको थियो। त्यतिबेला मस्जिदभित्रै बस्ने केही धर्मगुरु र कर्मचारीले मात्र नमाज पढेर औपचारिकता पूरा गरेका थिए।

 

प्रकाशित मिति: १८:२७ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्