Kathmandu Press

दशैं अगाडीनै सकियो बैंकमा पैसा, अन्तरबैंक ब्याजदर ५.३६ प्रतिशत पुग्यो

काठमाडौं, असोज १६ : बैंक तथा वित्तीय संस्थाहरुमा दशैं अगाडीनै लगानीयोग्य रकमको अभाव भएको छ। 

बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य रकम अ....

दशैं अगाडीनै सकियो बैंकमा पैसा, अन्तरबैंक ब्याजदर ५.३६ प्रतिशत पुग्यो
Hardik ivfHardik ivf

काठमाडौं, असोज १६ : बैंक तथा वित्तीय संस्थाहरुमा दशैं अगाडीनै लगानीयोग्य रकमको अभाव भएको छ। 

बैंक तथा वित्तिय संस्थामा लगानीयोग्य रकम अभाव भएपछि अन्तर बैंक ब्याजदर बढेर ५.३६ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा सामान्य रहेको भएपनि असोजमा रकम अभाव भएपछि समस्या देखिएको हो। 

भदौ मसान्तमा अन्तरबैंक ब्याजदर ४.५ प्रतिशत थियो । भदौ १२ मा १.०६ प्रतिशत रहेको बैंकको औषत अन्तर बैंकिङ ब्याजदर एक महिनाको अवधिमा बढेर ४.३ प्रतिशत पुगेको छ । जसका कारण बैंकहरुमा तरलता अभाव निकै बढेको छ। 

असोज १५ अर्थात बिहिबार बैंकहरुको औषत अन्तर बैंकिङ ब्याजदर ५.३६ प्रतिशत पुगेको छ ।  यो अभाव दशैंपछाडी झनै बढ्न सक्ने आंकलन गरिएको छ । तरलता अभावकै कारण बैंकहरुले ऋण प्रवाहमा समेत कटौति गरिरहेका छन् । जसका कारण लगानीकर्ताहरुले ऋण पाउन झनै मुस्किल बनेको छ। 
 

प्रकाशित मिति: १८:४९ बजे, शुक्रबार, असोज १७, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्