Kathmandu Press

एक्लो घोडा दौडाएर ललितपुरमा मनाइयाे घोडेजात्रा

एक्लो घोडा दौडाएर ललितपुरमा मनाइयाे घोडेजात्रा

ललितपुर, चैत १८ : ललितपुरमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ।

ललितपुरमा हरेक वर्ष एउटा घोडा दौडाएर घोडे जात्रा मनाइँदै आएको छ। ललितपुरको भीमसेनस्थानमा नेपाली सेनाको क्याभलरीबाट एउटा घोडा पुर्‍याइन्छ।

भीमसेन गुठीका सम्पूर्ण गुठियारले आवश्यक परम्परागत विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै पनि व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याइ, टीका पूजा गरिन्छ।

त्यस स्थानदेखि एकल घोडेजात्रा सुरु हुन्छ। पाटनको मूलचोकबाट सुरु भई बिभिन्न स्थान हुदै बालकुमारी परिक्रमा गरी फेरि भोल गणेश हुँदै बालकुमारीमै घोडायात्रा फर्किन्छ। नगर परिक्रमापछि घोडचढीलाई पान, सुपारी र दक्षिणा दिने चलन छ।

जात्राको पछि पछि सिमसिम राजाको प्रतीकका रूपमा गुठी संस्थानका एक कर्मचारीलाई तरवार बोकाउनुका साथै छाता ओढाई सम्पूर्ण गुठियारहरू जात्रामा सरिक हुने गरिन्छ।

यसरी दुईपटकसम्म ओहोरदोहोर गरी तीनपटक परिक्रमा गरी यो जात्रा गरिन्छ।

 

 

प्रकाशित मिति: १६:५४ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्