Kathmandu Press

नरदेवीमा सुरु भयो १२ वर्षे ङतभुलु अजिमा नाच (तस्बिरहरु)

नेवार समुदायमा ङतभुलु अजिमाको रुपमा प्रसिद्ध रहेपनि आम जनमानसमा भने ङतभुलु अजिमालाई नरदेवी र श्वेतकालीको रुपमा चिनिन्छ।
नरदेवीमा सुरु भयो १२ वर्षे ङतभुलु अजिमा नाच (तस्बिरहरु)

काठमाडौं, चैत १८ : काठमाडौँको नरदेवीमा रहेको ङतभुलु (श्वेतकाली) अजिमाको नाच सुरू भएको छ। लिच्छविकालदेखि नचाइँदै आएको १२ वर्षे ङतभुलु अजिमाको जात्रा आइतबारदेखि सुरू भएको हो।

सो अवसरमा अजिमा, कुमारी, भैरव, वाराही, गणेश, सिङ्गिनी, व्याङ्गिनी, महालक्ष्मी, रुद्रायणी, ब्रम्हायणी, इन्द्रायणी, नारायणी, महादेव, दैत्य, खिचा, ध्वं गरी करिब १५ देवगणले नाच प्रदर्शन गर्ने गर्छन्।

Hardik ivf

जानकारहरूका अनुसार, हरेक वर्ष पाहाँचह्रे जात्रा सुरु भएसँगै नरदेवी मन्दिर नजिकैको डबलीमा ङतभुलु अजिमाको नाच देखाइन्छ। यसवर्ष पाहाँचह्रे जात्रामै १२ वर्षे ङतभुलु अजिमा पनि परेको हो।

नेवार समुदायमा ङतभुलु अजिमाको रुपमा प्रसिद्ध रहे पनि आज जनमानसमा भने ङतभुलु अजिमालाई नरदेवी र श्वेतकालीको रुपमा चिनिन्छ।

 

'


 

प्रकाशित मिति: १४:५२ बजे, शुक्रबार, चैत १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्