बार एसोसिएशनमा चुनावी चटारो (तस्बिरहरू)
नेपाल बार एसोसिएशनको चैत १९ गते हुने चुनावका सबै उम्मेदवार प्रचारमा व्यस्त रहेका छन्।.jpg)
काठमाडौं, : नेपाल बार एसोसिएशनको चैत १९ गते हुने चुनावका सबै उम्मेदवार प्रचारमा व्यस्त रहेका छन्।
तीन वर्षका लागि हुने २५ सदस्यीय कार्यसमितिको निर्वाचनका लागि दुई वटा प्यानल खडा भएका छन्। गठबन्धनमा सत्तारुढ दल समर्थित कानून व्यवसायी एकजुट भएका छन् भने प्रगतिशील प्यानलमा नेकपा (एमाले) समर्थिन कानून व्यवसायी छन्।
गठबन्धनका तर्फबाट गोपालकृष्ण घिमिरे अध्यक्षका उम्मेदवार बनेका छन् भने प्रगतिशील प्यानलबाट विष्णुमणि अधिकारी अध्यक्षका उम्मेदवार छन्। दुवै अध्यक्षले आआफ्नो प्यानल बनाएका छन्।
बारको निर्वाचनमा देशभरिबाट करीब नौ हजार सात सय कानून व्यवसायी मतदाता रहेका छन्।
प्रकाशित मिति: ०७:१५ बजे, बुधबार, चैत १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार