गद्दी बैठक सर्वसाधारणका लागि खुला (तस्बिरहरु)
मंगलबार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिएको हो ।
काठमाडौं, चैत १५ : बसन्तपुरस्थित गद्दी बैठक आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। ०७२ को भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठकको पुननिर्माण सम्पन्न भएपछि आजदेखि सर्वसाधारणका लागि खुला गरिएको हो।
मंगलबार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिएको हो । पृथ्वीवीरविक्रम शाह राजा हुँदासम्म विशिष्ट विदेशी पाहुनाको स्वागत एवं ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न गद्दी बैठक उपयोग गरिन्थ्यो।
राजदरबार नारायणहिटी सरेपछि गद्दी बैठक इन्द्रजात्रामा राष्ट्राध्यक्ष, सरकार प्रमुखलगायत विशिष्ट व्यक्ति आएर बस्ने स्थलका रूपमा उपयोग हुने थालेको थियो।
गद्दी बैठकमुनिको तल्लो तलामा भने विशिष्ट व्यक्तित्वका चालक एवं सुरक्षाकर्मी बस्ने स्थलका रूपमा प्रयोग गरिँदै आएको छ।
प्रकाशित मिति: १८:३१ बजे, मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
