तस्वीरमा १२ वर्षे देवीनाच जात्रा
काठमाडौंको नरदेवी ङयतभुलु अजिमा (श्वेतकाली) को १२ वर्षे देवीनाच जात्रा मनाइएको छ।
काठमाडौं, चैत १४ : काठमाडौंको नरदेवी ङयतभुलु अजिमा (श्वेतकाली) को १२ वर्षे देवीनाच जात्रा मनाइएको छ।
सो अवसरमा आइतबार साँझ देवीलाई नगर परिक्रमा गरिएको छ। देवीघरबाट सुरु भएको जात्रा नरदेवी मन्दिर, टेंगल, न्हयःखा, थायमदु, असन, बालकुमारी, जनबहाल, इन्द्रचोक, मखन तारिणी बहाल, हनुमानढोका, मरु, चिकंमुगल, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी मन्दिर र पुनः देवीघर पुगेर सम्पन्न भएको छ।
.jpg)
यो जात्राअन्तर्गत पहिलो दिन देवीलाई नगर परिक्रमा गराउने प्रचलन छ। स्थानीय ज्यापू समाज र उदाय समाजको अगुवाइमा देवीनाच प्रदर्शन गरिएको हो।
गुणकामदेवको पालामा नरदेवीको मन्दिर स्थापना भएको मानिन्छ। त्यसपछि अमर मल्लको पालामा देवीनाच सुरु भएको स्थानीय बासिन्दा बताउँछन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

.jpg)
प्रकाशित मिति: ११:०० बजे, सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


