Kathmandu Press

जावलाखेलमा २३ औं पुष्प मेला (तस्बिरहरू)

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा पुष्प मेलाको आज (आइतबार) अन्तिम दिन हो। 
जावलाखेलमा २३ औं पुष्प मेला (तस्बिरहरू)

काठमाडौं, चैत १३ : फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा बिहीबारबाट ललितपुरमा पुष्प मेलाको आज (आइतबार) अन्तिम दिन हो। 

बिहीबारदेखि  ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ २३ औं मेला सुरु भएको थियो। 

पुष्प मेलामा अफिसियल स्टल चारवटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल २ वटा र व्यावसायिक स्टलका लागि ५६ वटासहित जम्मा ६२ वटा स्टल छन्।

मेलामा मौसमी फूल, आलकारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बिउविजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधी र जैविक विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहेका छन्।

मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको छ।  

प्रकाशित मिति: ११:३५ बजे, आइतबार, चैत १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्