Kathmandu Press

चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक

काठमाडौं, चैत ११ : दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक गरिएको छ। उक्त टिजर ओएसआर डिजिटलबाट आज (शुक्रबार) सार्वजनिक...
चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक

काठमाडौं, चैत ११ : दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्र ‘चिसो मान्छे’को टिजर सार्वजनिक गरिएको छ। उक्त टिजर ओएसआर डिजिटलबाट आज (शुक्रबार) सार्वजनिक गरिएको हाे।

खनालकै कथा रहेको सो चलचित्रमा कलाकार स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसीलगायत कलाकारको अभियन रहेको छ। 

Hardik ivf

धेरैजसो दृश्य बाजुरा जिल्लामा गरिएको यस चलिचत्रमा अभिनेत्री स्वस्तिमा सुदूरपश्चिमकै महिलाको भूमिकामा देखिएकी छन्। यसमा स्वस्तिमालगायत मुख्य पात्रहरूको बाजुराली भाषामा गरिएको संवाद पनि समेटिएको छ।

चलचित्रका एसोसिएट सिनेमाटोग्राफर निरज कँडेल रहेका छन्। चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ। यो चलचित्र आगामी असार ३ गते प्रदर्शनमा आउनेछ।

यसअघि वैशाख ३० को प्रदर्शन मति तोकिएको थियो। तर सोही दिन स्थानीय तहको निर्वाचन हुने भएपछि एक महिनापछाडि सारिएको हो।

चपली हाइट, आमा, पशुपति प्रसादलगायत चलचित्र बनाइसकेका खनालले याे ‘चिसो मान्छे’ पनि सफल बन्ने अपेक्षा राखेका छन्। 

प्रकाशित मिति: १४:१५ बजे, शुक्रबार, चैत ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्