Kathmandu Press

समाजको भावनालाई बुझेर पीर गीतबाट विवादित दृश्य हटाएँ : प्रकाश सपुत

समाजको भावनालाई बुझेर पीर गीतबाट विवादित दृश्य हटाएँ : प्रकाश सपुत

काठमाडाैं, चैत १० : कलाकार प्रकाश सपुतले समाजको भावनालाई बुझेर पीर गीत विवादित दृश्य हटाएको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रम उनले पीर गीतमा रहेको देहव्यापारसम्बन्धी  दृश्य  कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन्।

आफू समाजबाट परिचालित भएको भन्दै अन्य कुनै शक्तिले आफूलाई परिचालित नगरेको उनले बताए। त्यस्तै सोही पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको भन्दै गीतबाट केही दृश्य  हटाउनु परेको प्रस्टीकरण पनि उनले दिए।

त्यस्तै सोही गितकी अभिनेत्री सुरक्षा पन्तले दृश्य हटाउनु गायक सपुतको नितान्त व्यक्तिगत कुरा भएको बताइन्। अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको पनि बताइन्।

पीर गीतमा रहेको देहव्यापारसम्बन्धी  दृश्य  समावेश गरेको भन्दै सपुतको आलोचना भएकाे थियाे। त्यसलगतै सपुतले गीतबाट उक्त दृश्य हटााएका थिए। 

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्