Kathmandu Press

‘हेल्लो जिन्दगी’ को नयाँ गीत सार्वजनिक

काठमाडौं, चैत ९ : ‘हेल्लो जिन्दगी’ फिल्मको नयाँ गीत ‘अनौठो माया’ सार्वजनिक गरिएको छ।एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा फिल्मका प्रमुख...
‘हेल्लो जिन्दगी’ को नयाँ गीत सार्वजनिक

काठमाडौं, चैत ९ : ‘हेल्लो जिन्दगी’ फिल्मको नयाँ गीत ‘अनौठो माया’ सार्वजनिक गरिएको छ।

एड्रिन प्रधान र रजिना रिमालको स्वरमा रहेको गीतमा फिल्मका प्रमुख अभिनेता बिक्रम डि जोशी र दीपीका प्रसाईको अभिनय रहेको छ। निर्देशक बोहराकै शब्द र अमित श्रेष्ठको संगीत रहेको गीतको कोरियोग्राफी बलिउडका कोरियोग्राफर बिष्णु देवाले गरेका हुन्।

Hardik ivf

कठमाडौंमा आयोजित प्रेसमिटमा फिल्मकी कार्यकारी निर्मात्री सृजना जोशी महर्जनले ‘हेल्लो जिन्दगी’ सत्य घटनाबाट प्रभावित भई निर्माण गरिएकाले दर्शकको मन जित्ने विश्वास लिएको बताइन्। अभिनेता बिक्रमले आफूहरुले गुणस्तरीय फिल्म निर्माणमा कुनै कन्जुस्याइँ नगरेको बताए।

कार्यक्रममा फिल्मकी सहनिर्मात्री तथा अभिनेत्री सबिता गुरुङले आफूहरुले यो फिल्म पूरा गर्न निकै संघर्ष गरेको स्मरण गर्दै सफलता प्राप्त हुनेमा ढुक्क रहेको बताइन्। नवअभिनेत्री बिभियाले फिल्म निकै राम्रो बनेकाले आम दर्शकको रोजाइमा पर्ने धारणा ब्यक्त गरिन्।

यो फिल्म चैत १८ गतेदेखि प्रदर्शनमा आउनेछ।

 

प्रकाशित मिति: ०६:३६ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्