Kathmandu Press

ब्युटिसियन ट्यालेन्ट नेपालको दोश्रो अडिसन १० चैतमा 

काठमाडौं, चैत ८ : नेपाल भरका व्युटिसियनहरुको लागि आयोजना गरिँदै आएको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ चौथो सिजनको दोश्रो अडिसन काठमाडौंको रविभवन स्थित रोज...
ब्युटिसियन ट्यालेन्ट नेपालको दोश्रो अडिसन १० चैतमा 

काठमाडौं, चैत ८ : नेपाल भरका व्युटिसियनहरुको लागि आयोजना गरिँदै आएको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ चौथो सिजनको दोश्रो अडिसन काठमाडौंको रविभवन स्थित रोज सिप विकाश तालिम केन्द्रमा आगामी  बिहिबार (चैत १० गते) बिहान ११ बजेबाट सुरु हुने भएको छ । 

पहिलो अडिसन चैत ७ गते सोही स्थानमा सम्पन्न भएको हो । यो प्रतियोगितामा भाग लिन चाहनेहरुले सम्बन्धित फेसबुक पेजमा गएर सम्पर्क गर्न आयोजक विलक्षण क्रियसनले जनाएको छ ।

Hardik ivf

रोज सिप विकाश तालिम केन्द्र र विलक्षण क्रियसन प्रा.लि. ले बिगत ४ वर्ष देखि देशभरका व्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।

आयोजक संस्था रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट व्युटिसियन सोनी कारंजितको अध्यक्षतामा सम्पन्न पहिलो अडिसनबाट १२ जना प्रतियोगीहरु फाईनलका लागि चयन भएका छन् । 

यो प्रतियोगिताको लागि बाँकी प्रतियोगीहरु यही १० चैत बहिबार हुने दोश्रो अडिसनबाट चयन गरिने भएको छ । ११ चैतबाट यो प्रतियोगिताको प्रशिक्षण सुरु गरिने भएको छ । 

चौथो संस्करणको ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२ को अडिसनमा एन्फाका उपाध्यक्ष सुन्दर थापा, अग्रज ब्युटिसियनहरु रिना अवाले, देवी महर्जन, रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारंजित, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल निर्णायक थिए । 

पहिलो सिजनकी बिजेता तथा गायिका सञ्चारकर्मी सरिता भारती र दोश्रो सिजनकी बिजेता सरु जोशी पनि अडिसन कार्यक्रममा अतिथि थिए । 

प्रकाशित मिति: २०:१५ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्