Kathmandu Press

सौगात र वर्षाको ‘लाखे’ भदौ ३१ मा

काठमाडौं, चैत ७ : मल्टिस्टारर फिल्म ‘लाखे’ ले प्रदर्शन मिति सार्बजनिक गरेको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा...
सौगात र वर्षाको ‘लाखे’ भदौ ३१ मा

काठमाडौं, चैत ७ : मल्टिस्टारर फिल्म ‘लाखे’ ले प्रदर्शन मिति सार्वजनिक गरेको छ । फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले ‘लाखे’ ३१ भदौमा प्रदर्शन हुने जानकारी दिएका छन् । 

सम्राट बस्नेत निर्देशीत फिल्मलाई आरआर फिल्मसले वितरण गर्ने छ । महंगो बजेटमा निर्माण गरिएको बताइने फिल्ममा सौगात मल्ल, आर्यन अधिकारी,अनुपविक्रम शाही,वर्षा राउत,सुशील सिटौला,अर्पण थापा,प्रशान्त ताम्राकार,रोहित रुम्बा,सन्जोग राणा, रक्षा बुढाथोकी, कालु राना र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा छन् । 

Hardik ivf

गणेश मल्ल ठकुरी (जिएम) को प्रस्तुति रहेको फिल्मको कथाकार र निर्माता सिजन अर्याल हुन् । सुसन प्रजापतिले खिचेको फिल्मका गीतमा दीपक बज्राचार्यको संगीत रहेको छ ।ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा, सम्वाद आकाश बरालले लेखेका हुन् । 

अर्जुन जिसीले सम्पादन गर्ने फिल्मको छायांकन हालै समापन भएको हो । फिल्म गुणस्तरिय बनाउन कुनै कसर बाँकी नराखेको निर्देशक बस्नेतले बताएका छन् । उनले केही समयमै फिल्मको फस्टलुक पोस्टर दर्शकमाझ ल्याउने तयारी गरिएको बताए । 

प्रकाशित मिति: २०:२९ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्