Kathmandu Press

चर्को घामले नछेकेको म्यादी बन्ने सपना

चर्को घामको परवाह नगरी युवायुवतीदेखि ३० वर्ष नाघेका महिलापुरुषहरु पनि लाइनमा देखिन्थे।
चर्को घामले नछेकेको म्यादी बन्ने सपना

काठमाडौं, चैत ६ : प्रहरी प्रधान कार्यालयले आजदेखि म्यादी प्रहरीको आवेदन खुलाएको छ

आवेदन खुलेसँगै टेकुस्थित आइतबार महानगरीय प्रहरी परिसरमा दरखास्त दिनेको भिड लागेको छ। चर्को घामको परवाह नगरी युवायुवतीदेखि ३० वर्ष नाघेका महिलापुरुषहरु पनि लाइनमा देखिन्थे। आगामी वैशाख ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरीले जनाएको छ। पहिलो दिन भएका कारण परिसरमा दरखास्त दिनका लागि सैयौंको संख्यामा मानिसहरु पुगेका थिए।  

Hardik ivf

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि  १ लाख जना म्यादी प्रहरी माग गरेको थियो । आवेदन दिने अन्तिम मिति चैत ११ सम्म रहेको छ । । त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने नेपाल प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले म्यादी प्रहरीमा आकर्षण बढेका कारण आवेदन दिनेको भिड लागेको बताए ।

छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । म्यादी प्रहरीले, प्रहरी जवानसरह सुविधा पाउने छन् भने दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँने छन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइने बताइएको छ।

 

 

 

 

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्