Kathmandu Press

स्मार्ट छैन ‘स्मार्ट पार्किङ’

महानगरले पार्किङका लागि छुट्टै ठाउँ भने बनाएको छैन। शुल्क लिएर सडक छेउमै मोटरसाइकल पार्किङको व्यवस्था गरिएको छ र त्यसैलाई ‘स्मार्ट पार्किङ’ भनिएको छ। आफ्नो सवारी साधन पार्क गर्न आउनेहरुले पनि सास्ती नै खेप्नुपर्छ।
स्मार्ट छैन ‘स्मार्ट पार्किङ’

काठमाडौं, चैत ६ : काठमाडौं महानगरपालिकाले विशालबजार अगाडि बनाएको सःशुल्क पार्किङमा दैनिक हजारौंल मोटरसाइकल पार्क गर्छन्। 

जथाभावी पार्किङ गर्दा महानगरले उठाउने डरले सवारीधनीहरु पैसा तिरेर मोटरसाइकल पार्क गर्छन्। तर, महानगरले भनेको स्मार्ट पार्किङ नाममा मात्रै स्मार्ट रहेको देख्न सकिन्छ।

Hardik ivf

महानगरले पार्किङका लागि छुट्टै ठाउँ भने बनाएको छैन। शुल्क लिएर सडक छेउमै मोटरसाइकल पार्किङको व्यवस्था गरिएको छ र त्यसैलाई ‘स्मार्ट पार्किङ’ भनिएको छ। आफ्नो सवारी साधन पार्क गर्न आउनेहरुले पनि सास्ती नै खेप्नुपर्छ।

येथेस्ट ठाउँ नभएका कारण सवारी साधन राख्न कुर्नुपर्ने, निकाल्न झन्जट हुने, टोकन हराएमा जरिवाना तिर्नुपर्ने लगायतका दैनिक रुपमा सवारी साधन पार्क गर्नेले भोग्ने सास्ती हुन्।

त्यस क्षेत्रमा आधा घन्टा पार्किङ गर्दा २५ रुपैयाँ, त्योभन्दा कम समयका लागि १५ रुपैयाँ तिर्नुपर्छ। टोकन हरायो अथवा लिन भुलियो भने २०० रुपैयाँ जरिवाना तिर्नुपर्ने पार्किङ क्षेत्रमै काम गर्ने कर्मचारीले बताए।  


 

याे पनि :  स्मार्ट पार्किङका ‘गफ’ : सेवाग्राही टोकन लिन्छन् तर सवारीसाधन राख्ने ठाउँ हुँदैन

 

प्रकाशित मिति: १२:४० बजे, आइतबार, चैत ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्