Kathmandu Press

गायक सपुतले हटाए 'पीर' बाट याैनकर्मीकाे दृष्य

काठमाडाैं, चैत ५ : गायक प्रकाश सपुतकाे हालै चर्चामा रहेकाे गीत ‘पीर’ काे नयाँ भिडियाे युट्युबमा अपलाेड गरेका छन्। भिडियाेबारे केही विवाद सिर्जना...
गायक सपुतले हटाए 'पीर' बाट याैनकर्मीकाे दृष्य

काठमाडाैं, चैत ५ : गायक प्रकाश सपुतकाे हालै चर्चामा रहेकाे गीत ‘पीर’ काे नयाँ भिडियाे युट्युबमा अपलाेड गरेका छन्। भिडियाेबारे केही विवाद सिर्जना भएपछि उनले दृष्य सम्पादन गर्दै नयाँ भिडियाे अपलाेड गरेका हुन्।

नयाँ अपलोड गरिएको भिडिओमा यौनकर्मीको दृश्य हटाइएको छ। सपुतको 'पीर' गीतकाे भिडियाेमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनलाई देखाएका छन।

Hardik ivf

उनकाे गीत रिलिज भएपछि केही माओवादी कार्यकर्ता तथा नेताहरूले भिडियाे हटाउनसमेत उनलाई दबाब दिएका थिए।

युट्युबमा भिडिओ १ करोड पटक हेरिएको भिडियाे हटाउन परेपछि उनले नयाँ भिडियाे राख्दै सामापजक सञ्जालमा भनेका छन्, ‘कहिलेकाहीँ त लाग्छ - भयो अब! पुग्यो। I’m done !

खैर, पीरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ। तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/ समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ।’

उनले कुनै दबाब वा प्रभावमा नपरी यस बीचमा आएका प्रतिक्रिया, अग्रज स्रष्टाका सुझाव, समीक्षकहरूका समीक्षाले तथा सम्बन्धित समूहको आत्मसम्मानलाई मनन गरेर भिडियाे हटाएको बताएका छन।

साथै, उनले भिडियाेलाई लिएर थप राजनीतिकरण तथा अतिरञ्जित नगर्न समेत आग्रह गरेका छन्।

प्रकाशित मिति: १९:२४ बजे, शनिबार, चैत ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्