Kathmandu Press

पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न तनहुँ अदालतको अनुमति

तनहुँ, चैत ४ : नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति...
पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न तनहुँ अदालतको अनुमति

तनहुँ, चैत ४ : नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत तनहुँले आज (शुक्रबार) थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि सुरुमा सात दिन र दोस्रोपटक १२ दिन गरी १९ दिन म्याद थप भइसकेको छ।

Hardik ivf

पछिल्लोपटकको म्याद आज सकिएपछि तेस्रोपटक थपिएको हो। मुद्दाको अनुसन्धान पूरा हुन बाँकी रहेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमार्फत अभिनेता शाहलाइृ अदालतसमक्ष पेस गरेको थियो।

तनहुँमा अनुसन्धान नसकिँदै शाहलाई फागुन २४ गते नवलपुर लगिएको थियो। शाहविरुद्ध तनहुँमा जसले मुद्दा दर्ता गराएका थिए, तिनैले नवलपुरमा पनि शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गराएका थिए।

तनहुँ अदालतले अभिनेता शाहसँगै उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध बिहीबार अभियोगपत्र दर्ता भइसकेको छ। अभियोगपत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको मागदाबी गरिएको छ।

अब तनहुँमा अनुसन्धान सकिएलगत्तै थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ।

प्रकाशित मिति: १५:५५ बजे, शुक्रबार, चैत ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्