Kathmandu Press

चुनाव प्रचारमा बालबालिका प्रयोग गर्न नपाइने, आचारसंहिता उल्लंघन गरे के हुन्छ कारबाही? (पूर्णपाठ)

आचारसंहिता उल्लंघन गरेको पाइए उजुरी दिन चाहनेले मौखिक, लिखित अथवा अन्य तरिकाले आयोग, निर्वाचन कार्यालय तथा टोली वा अनुगमन अधिकृत समक्ष उजुरी दिन सकिने आयोगले जनाएको छ। 
चुनाव प्रचारमा बालबालिका प्रयोग गर्न नपाइने, आचारसंहिता उल्लंघन गरे के हुन्छ कारबाही? (पूर्णपाठ)

काठमाडौं, चैत ३ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ। बिहीबार आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता जारी गरेको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता सार्वजनिक भएको जानकारी दिएका छन् । आचारसंहिता आयोगले तोकेको दिनबाट लागू हुने उनले बताए। ‘अहिले प्रकाशन मात्र भएको लागु कहिलेबाट गर्ने भन्ने सम्बन्धमा आयोगले तोक्छ,’ उनले भने। 

क–कसलाई लाग्छ आचारसंहिता ? 

Hardik ivf

आयोगले सार्वजनिक गरेअनुसार निर्वाचन मतदातादेखि सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई निर्वाचन आचारसंहिता लाग्ने उल्लेख छ। नेपाल सरकार र सरकारका मन्त्रि लगायत संवैधानिक निकाय र उक्त निकायका पदाधिकारीसहित निम्न व्यक्ति र संस्थालाई  निर्वाचन आचारसंहिता लाग्ने आयोगले जानकारी दिएको छ। 
–नेपाल सरकार र नेपाल सरकारका मन्त्री
–प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री 
– संवैधानिक निकाय र सो निकायका पदाधिकारी
–प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी
–स्थानीय कार्यपालिका र सोका सदस्य
– संघ, प्रदेश र स्थानीय तहका कर्मचारी
– सुरक्षा निकाय, सुरक्षाकर्मी तथा सुरक्षा सम्वद्ध कर्मचारी 
– सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी
– राजनीतिक दल तथा दलको भ्रातृ संगठन
– उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि 
–  राजनीतिक दल तथा उम्मेदवारको मतदान एवम् मतगणना प्रतिनिधि
– सार्वजनिक पद धारण गरेको व्यक्ति
– अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता
– पर्यवेक्षण संस्था तथा पर्यवेक्षक
– सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी
– निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी 
– सामुदायिक विद्यालय वा नेपाल सरकार वा प्रदेश सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी
– मतदाता
– विकास साझेदार संस्था
– सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी
– मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था वा सो संस्थाका कर्मचारी 
– निजी क्षेत्रका बैंक तथा वित्तिय संस्था  वा सो संस्थाका कर्मचारी ्
– निजी क्षेत्रका बैंक तथा वित्तिय संस्था। सहकारी संस्था, व्यापारिक  तथा औद्योगिक  क्षेत्र , सोका पदाधिकारी , कर्मचारी तथा कामदार
– वस्तु तथा सेवा प्रदायक व्यासायिक संस्थाको पदाधिकारी, कर्मचारी र कामदार
– आयोगले तोकेका अन्य निकाय वा व्यक्ति

आचारसंहिता जारी भएपछि के गर्न पाइने के नपाईने ? 

आचारसंहिता लाग्ने व्यक्तिहरु निर्वाचन अवधिभर आयोगले तोकेको दायराभित्र बस्नुपर्नेछ। उक्त अवधिभर सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नपाउने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ। 

त्यस्तै कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार नगर्न पनि पाइने छैन। राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित पोसाक, लोगो, झोला ट्याटु जस्ता सांकेतिक सामाग्री उत्पादन र प्रयोग गर्न पनि आयोगले प्रतिवन्ध लगाएको छ। 

आचारसंहितामा घरधनीको स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको  घरजग्गाामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न पनि नपाईने उल्लेख छ। १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग नगर्न पनि आयोगले आग्रह गरेको छ। 

निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र एकाउन्ट सञ्चालन गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख गरिएको छ। त्यस्तै कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका सामाग्री कुनै सामाग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण नगर्न पनि अनुरोध गरिएको छ।

आयोगले उम्मेदवारको मनोनय दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न प्रकाशन गर्न नहुने जानकारी गराएको छ। 

सुरक्षाकर्मी बाहेक अन्यले हातहतियार तथा प्रज्वलनिशील पदार्थ बोक्न नहुने आचारसंहितामा उल्लेख छ। त्यस्तै मतदाता  र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न तथा उनीहरुलाई हतोत्साहित गर्ने कुनैपनि कार्य गर्न नहुने बताइएको छ। 

राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन आचारसंहिता लागु भइसकेपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका अन्य कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रम गर्न वा नयाँ नीति, योजना वा कार्यक्रमको घोषणा गर्न, स्वीकृती गर्न वा सञ्चालन गर्न पाउने छैनन्। 
आचारसंहिता लागु भएको अवधिमा कुनैपनि योजनाको शिलान्यास तथा उद्घाटन गर्न पनि रोक लगाइएको छ। त्यस्तै निर्वाचनको काममा बाहेक कर्मचारीको सरुवा तथा पदस्थापन गर्न पनि रोक लगाइएको छ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन गर्न पनि रोक लगाइएको छ। मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारको सामाग्री हटाइसक्नुपर्नेछ। 

आचारसंहिता उल्लंघन भए के हुन्छ ?

निर्वाचन आयोगले आचारसंहिता विपरितका गतिविधि भए उजुरी गर्न सक्ने व्यवस्था पनि गरेको छ। आचारसंहिता उल्लंघन गरेको पाइए उजुरी दिन चाहनेले मौखिक, लिखित अथवा अन्य तरिकाले आयोग, निर्वाचन कार्यालय तथा टोली वा अनुगमन अधिकृत समक्ष उजुरी दिन सकिने आयोगले जनाएको छ। 

उजुरी दिँदा कारण र प्रमाण समेत पेश गर्नुपर्ने आचारसंहितामा उल्लेख छ। आयोगले उजुरीकर्ताको विवरण भने गोप्य राख्नेछ। त्यसपछि आयोगले छानविन गरी आचारसंहिता उल्लंघन गर्नेको नाम सार्वजनिक गर्छ । त्यस्ता व्यक्ति र राजनीतिक दललाई आयोगको ऐन अनुसार कारवाही गरिने प्रवक्ता पौडेलले जानकारी दिएका छन्। 

उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने

आचारसंहिता अनुसार यसअघि नै निर्वाचित भएका जनप्रतिनिधिहरुले पुनः उम्मेदवार बन्न चाहेमा जनप्रतिनिधिबाट राजीनामा दिनुपर्नेछ। यसपटकको निर्वाचनमा यसअघि नै निर्वाचित भइसकेका जनप्रतिनिधिहरु पुनः उम्मेदवार बन्ने होडमा छन्। 

उनीहरुले उम्मेदवारी मनोनय दर्ता गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्नेगरी निर्वाचन आयोगले आचारसंहिता बनाएको छ। ‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेका स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनय गर्नुअघि नै वहाल रहेको पदबाट राजीनामा दिनुपर्नेछ,’ आयोगले जारी गरेको आचारसंहितामा भनिएको छ। 
 

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, चैत ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्