Kathmandu Press

राहदानी विभाग : भवन फेरियो, अवस्था फेरिएन (तस्बिरहरु)  

भवन नयाँ भएपनि भिड व्यवस्थापनका लागि नयाँ प्रणाली नहुँदा सेवाग्राहीले पुरानै सास्ती खेपिरहनु परेको देखिन्छ। बिहानै राहदानी कार्यालयमा पुग्नुपर्ने, घन्टौं लाइन बस्नुपर्ने, समयमै काम नहुन इत्यादी राहदानी बनाउने नागरिकले भोग्नुपर्ने पुरानै सास्ती हुन्। 
राहदानी विभाग : भवन फेरियो, अवस्था फेरिएन (तस्बिरहरु)  

काठमाडौं, चैत २ : राहदानी विभागको कार्यालय केशरमहलबाट त्रिपुरेश्वर सरेको दुई महिनाभन्दा बढी भयो। केशरमहलस्थित विभागको कार्यालयमा अत्यधिक भिड हुने र सडकसम्मै मानिसहरु जम्मा हुने कारण व्यवस्थापनमा असहज भएपछि त्रिपुरेश्वर सरेको हो।

त्रिपुरेश्वरको कार्यालयबाट तत्कालका लागि विद्युतीय राहदानी (इ–पासपार्ट) मात्र वितरण गरिन्छ। कार्यालय नयाँ भवनमा सरेपनि व्यवस्थापनको पाटो भने निकै फितलो देखिएको छ।

Hardik ivf

भवन नयाँ भएपनि भिड व्यवस्थापनका लागि नयाँ प्रणाली नहुँदा सेवाग्राहीले पुरानै सास्ती खेपिरहनु परेको देखिन्छ। बिहानै राहदानी कार्यालयमा पुग्नुपर्ने, घन्टौं लाइन बस्नुपर्ने, समयमै काम नहुन इत्यादी राहदानी बनाउने नागरिकले भोग्नुपर्ने पुरानै सास्ती हुन्।

विद्युतीय राहदानी बनाउनका लागि त्रिपुरेश्वरमा पनि केशरमहलमा जस्तै सेवाग्राहीको भिड देखिन्छ।विभागका महानिर्देशक डोरनाथ अर्यालले नयाँ भवनसँगै भिड व्यवस्थापन र सहज ढंगले सेवा दिनेगरी काम अगाडि बढाइएको जानकारी दिएका छन्। 

उनका अनुसार हाल विभागको नयाँ भवनबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) मात्र जारी गरिन्छ। एमआरपीको काम भने केशरमहलबाटै भइरहेको छ। ‘आगामी केही महिनामा पासपोट सम्बन्धी सबैकाम त्रिपुरेश्वरबाटै दिन्छौँ,’ उनले भने।

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, चैत २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्