Kathmandu Press

बलात्कारपछि हत्या गरिएकी १८ महिने नाबालिकाको सम्झनामा दीप प्रज्वलन 

मंगलबार साँझ श्रीमती संगठनले बलात्कारपछि हत्या गरिएकी नाबालिकाको आत्माशान्तिका लागि दिप प्रज्वलन गरेको हो। उनीहरुले अभियुक्तलाई कडाभन्दा कडा  कारवाही गर्न पनि माग गरेका छन्।
बलात्कारपछि हत्या गरिएकी १८ महिने नाबालिकाको सम्झनामा दीप प्रज्वलन 

काठमाडौं, चैत १ : मोरङको सुन्दरहरैंचा नगरपालिका–७ मा बलात्कारपछि हत्या गरिएकी १८ महिने बालिकाको सम्झनामा माइतीघरमा दिप प्रज्वलन गरिएको छ। 

मंगलबार साँझ श्रीमती संगठनले बलात्कारपछि हत्या गरिएकी नाबालिकाको आत्माशान्तिका लागि दिप प्रज्वलन गरेको हो। उनीहरुले अभियुक्तलाई कडाभन्दा कडा  कारवाही गर्न पनि माग गरेका छन्।

शुक्रबार साँझ साँझ बलात्कृत भएकी नाबालिकाको सोही राती १२ बजे विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो।

नाबालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानाका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइसकेको छ।

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्