Kathmandu Press

अन्तर्वार्ताको माग गर्दै लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन 

काठमाडौं, फागुन २९ : नायब सुब्बा (नासु)को  लिखित परीक्षामा पास भएका उम्मेदवारहरुले अन्तर्वार्ताको  मिति तोक्न माग गर्दै लोक सेवा आयोगको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन...
अन्तर्वार्ताको माग गर्दै लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन 

काठमाडौं, फागुन २९ : नायब सुब्बा (नासु)को  लिखित परीक्षामा पास भएका उम्मेदवारहरुले अन्तर्वार्ताको  मिति तोक्न माग गर्दै लोक सेवा आयोगको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

आइतबार कमलपोखरीस्थित आयोगको केन्द्रीय कार्यालय अगाडि करिब ४० जना उम्मेदवारहरुले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। भदौ महिनामै लिखित परीक्षाको नतिजा प्रकाशित भएपनि अहिलेसम्म अन्तर्वार्ता सुरु नभएकाले आफूहरुको भविष्य अन्योलमा परेको भन्दै उनीहरुले आयोगको ध्यानाकर्षण गराएका हुन्।

अदालतमा मुद्दा परेपछि गत भदौदेखि नासुको अन्तर्वार्ता रोकिएको थियो । रोकिएका अन्तर्वार्ता र परीक्षाहरू यथाशीघ्र सञ्चालन गर्न आदेश आइसके पनि आयोगले काम अघि नबढाएको उनीहरूको गुनासो छ ।

आयोगले भने अदालतको आदेश स्पष्ट नभएको भन्दै कानुनी परामर्श गरेर अगाडि बढ्ने आश्वासन दिएको छ। 

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, फागुन २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्