Kathmandu Press

प्रचारमा ‘चिसो एस्ट्रे’ टिमको दौडधुप

प्रचारमा ‘चिसो एस्ट्रे’ टिमको दौडधुप

सुनसरी, फागुन २८ : कोरोना कहरले थलिएको नेपाली चलचित्र उद्योग विस्तारै उठ्ने क्रममा छ। नेपाली चलचित्रले पनि दर्शकलाई सिनेमा हलमा फर्काउन थालेपछि  चलचित्रकर्मीहरु पनि उत्साहित हुन थालेका छन् ।

यही उत्साह र जोश लिएर प्रदर्शोन्मुख चलचित्र ‘चिसो एस्ट्रे’ टिम देश दौडाहामा छ । चैत्र ४ गते प्रदर्शनमा चलचित्रको प्रचार प्रसारका लागि चिसो एस्ट्रे टिम नेपालका विभिन्न स्थानमा डुलिरहेको छ। यतिबेला चिसो एस्ट्रे टिम पूर्वमा छ ।

चलचित्रको प्रचारकै लागि कालाकरसहित पूर्व आएका्े निर्माण युनिटले शुक्रबार विराटनगर र इटहरीमा कलेज क्याम्प गरेको छ। निर्माण युनिटले विराटनगर इन्टरनेसनल कलेज र इटहरी इन्टरनेसनल कलेजमा ‘कलेज क्याम्प’ गरेको छ ।

Hardik ivf

प्रचारप्रसारका लागि चलचित्रकी मुख्य अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता निकुन श्रेष्ठ र कार्यकारी निर्माता महेशबाबू तिमिल्सिनाको उपस्थिति रहेको थियो । बिराटनगर र इटहरीको कलेज क्याम्पमा निर्माण युनिटले छायांकनका क्रममा गरिएको ब्यवस्थापन पक्ष र सो बेलाको आरोह–अवरोहलाई कलेजका विद्यार्थीहरु माझ प्रस्तुत गरेएको थियो ।

चलचित्रका कार्यकारी निर्माता तिमिल्सिनाले कोरोनाले गर्दा चलचित्र प्रर्दशनमा ल्याउन ढिलो भएपनि नेपाली दर्शकहरुले रुचाउने विषय भएको जानकारी दिए । यस्तै नायिका श्रेष्ठले चलचित्रले नेपाली दर्शकहरुको मन जित्न सफल हुने विश्वास व्यक्त गरिन् ।

दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा सृष्टि श्रेष्ठ र निकुन श्रेष्ठको अलावा दिव्य देव, सुशील पाण्डे, नविन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ । दिन्स पाल्पालीकै लेखन रहेको फिल्ममा अजर जंगमको संगीत छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

प्रकाशित मिति: १०:५० बजे, शनिबार, फागुन २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्