Kathmandu Press

चेपाङ बालबालिकालाई साग्रिला बैंकको सहयोग, १३० विद्यार्थीलाई ट्र्याकसुट र शैक्षिक सामग्री वितरण

हेटौंडा शाखाका प्रबन्धक बिनेश कार्कीको पहलमा आयोजित कार्यक्रममा वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, बैंकका कर्मचारी तथा विद्यालय परिवारको उपस्थिति थियो।
चेपाङ बालबालिकालाई साग्रिला बैंकको सहयोग, १३० विद्यार्थीलाई ट्र्याकसुट र शैक्षिक सामग्री वितरण

मकवानपुर, मंसिर ४ : साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुरको मनहरी गाउँपालिका–४, चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत हेटौंडा शाखाको पहलमा विद्यार्थीलाई जाडो मौसममा सहजता प्रदान गर्नुका साथै पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको हो। विद्यार्थीलाई ट्र्याकसुट, कापी र कलम प्रदान गरिएको बैंकले जनाएको छ।

हेटौंडा शाखाका प्रबन्धक बिनेश कार्कीको पहलमा आयोजित कार्यक्रममा वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रूपक मैनाली, बैंकका कर्मचारी तथा विद्यालय परिवारको उपस्थिति थियो।

चेपाङ समुदायका बालबालिकाको शिक्षा र दैनिक जीवनमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यस कार्यक्रमले विद्यार्थीमा उत्साह थप्ने विश्वास बैंकले लिएको छ। बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा तथा सामुदायिक विकासका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
 

प्रकाशित मिति: १५:०४ बजे, शुक्रबार, मंसिर ४, २०८३