Kathmandu Press

विश्व मिर्गौला दिवसमा जनचेतनामूलक र्‍याली (तस्बिरहरु) 

र्‍यालीमा  गायिका तथा आरोग्य प्रतिष्ठानका संस्थापक आनी छोइङ डोल्मा पनि सहभागि थिइन्।
विश्व मिर्गौला दिवसमा जनचेतनामूलक र्‍याली (तस्बिरहरु) 

काठमाडौं, फागुन २६ : हरेक वर्ष मार्च १० तारिखका दिन मनाइने ‘विश्व मृगौला दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ। मृगौला दिवसका अवसरमा देशभर मृगौला स्वास्थ्यका बारेमा जनचेतनामूलक कार्यक्रम भइरहेका छन्। 

बिहीबार बिहान काठमार्डौको बसन्तपुरमा चिकित्साशिक्षाका विद्यार्थीहरुले सचेतनामूलक र्‍याली निकालिएकाे छ। बसन्तपुरबाट निकालिएको र्‍याली हनुमानढोका–इन्द्रचोक–वीर अस्पताल हुँदै पुनः बसन्तपुर पुगेको थियो।

र्‍यालीमा  गायिका तथा आरोग्य प्रतिष्ठानका संस्थापक आनी छोइङ डोल्मा पनि सहभागि थिइन्।र्‍यालीमा त्रिवि शिक्षण अस्पताल लगायतका संस्थानका चिकित्सा शिक्षाका विद्यार्थीहरु सहभागि रहेको उनले बताइन्।

मृगौला महत्वपूर्ण अंग भएका कारण यसको स्वास्थ्यका बारेमा जनचेतना जगाउने उद्धेश्यका साथ र्‍याली निकालिएको उनले बताइन्। 

प्रकाशित मिति: १३:०२ बजे, बिहीबार, फागुन २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्