Kathmandu Press

फागु पर्व सुरु, वसन्तपुरमा ठड्याइयो होलीको चीर (तस्बिरहरु) 

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापताकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ।
फागु पर्व सुरु, वसन्तपुरमा ठड्याइयो होलीको चीर (तस्बिरहरु) 

काठमाडौं, फागुन २६ : यस बर्षको होली पर्व सुरु भएको छ । काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आज बिहान ७ बजेर २७ मिनेटको साइत पारेर विधिवत् रुपमा चीर ठड्याइएसँगै होली पर्व सुरु भएको हो ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका कपडाका ध्वजापताकासहित सजाइएको बाँसको तीन खण्डे चीर ठड्याएपछि होली पर्व सुरु भएको मानिन्छ।

Hardik ivf

चीर ठड्याइएसँगै स्थानीयहरूले हर्षबढाइँका साथ अबिर दलेर खुसी मनाएका छन्। तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ। टुँडिखेलमा लैजानुघि  ४ गते बिहान चीरलाइ ढलाइन्छ।

यस वर्षको होली काठमाडौंलगायत पहाडी जिल्लाहरूमा चैत ३ र तराई मधेशका जिल्लाहरूमा चैत ४ मा परेको छ । सरकारले होली पर्वका अवसरमा सार्वजनिक विदा दिदैं आएको छ ।

 


 

प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, फागुन २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्