Kathmandu Press

११२औं अन्तर्राष्ट्रिय नारी दिवस : ललितपुरमा साइकल र्‍याली

काठमाडौं, फागुन २४ : आज फागुन २४ गते। तदनुसार २०२२ मार्च ८ तारिख। अर्थात् ११२औं अन्तर्राष्ट्रिय नारी दिवस।आज नेपाललगायत विश्वभरि नै विभिन्न कार्यक्रम...
११२औं अन्तर्राष्ट्रिय नारी दिवस : ललितपुरमा साइकल र्‍याली

काठमाडौं, फागुन २४ : आज फागुन २४ गते। तदनुसार २०२२ मार्च ८ तारिख। अर्थात् ११२औं अन्तर्राष्ट्रिय नारी दिवस।

आज नेपाललगायत विश्वभरि नै विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ। नेपालमा यसपालि यो दिवसको नारा ‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ तय गरिएको छ। 

यसै अवसरमा ललितपुर महानगरपालिकाले आज (मंगलबार) साइकल र्‍यालीको आयोजना गरेको छ। ‘लैंगिक समानता : सामाजिक न्यायको सुनिश्चितता’ भन्ने स्थानीय नाराका साथ गरिएको साइकल र्‍याली जावलाखेलबाट सुर भएर मंगलबजारमा पुगेर टुंगिएको थियो।

र्‍यालीमा नगर प्रहरीले नगर प्रहरीले साइकल चलाएका थिए भने राष्ट्रिय आदिवासी जनजाति अपांगता महिला महासंघ नेपालमा आबद्ध महिलाहरु ह्विलचियरसहित सहभागी भएका थिए।


   

       

प्रकाशित मिति: १२:४० बजे, मंगलबार, फागुन २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्