Kathmandu Press

हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मूर्तिमा रुद्राभिषेक (तस्बिरहरु)

मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको आज (मंगलबार) रुद्राभिषेक गरिएको छ। पञ्चामृतले स्नान गराई मूर्तिको रुद्रभिषेक गरिएको हो।
हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मूर्तिमा रुद्राभिषेक (तस्बिरहरु)

काठमाडौं, फागुन १७ : काठमाडौंको हनुमानढोकास्थित महेन्द्रेश्वर महादेव मन्दिरमा हरेक वर्ष महाशिवरात्रि र  साउन १५ गतेका दिन विशेष पूजा हुने गर्छ।

सोही अवसरमा मन्दिरको प्रवेशद्वारमा रहेको महादेवको पूर्ण कदको मूर्तिको आज (मंगलबार) रुद्राभिषेक गरिएको छ। पञ्चामृतले स्नान गराई मूर्तिको रुद्राभिषेक गरिएको हो।

उक्त मूर्ति १५ वर्षअघि प्रतिस्थापन गरिएको थियो। सानो पशुपति र मखन महादेव भनेर पनि चिनिने उक्त मन्दिरमा साउने सोमबार, शिवरात्रि, बालाचतुर्दशी, तिजलगायत पर्वमा भक्तजनको घुइँचो लाग्ने गर्छ।

 

प्रकाशित मिति: १८:०७ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्