यसरी मनाइयो टुँडिखेलमा सैनिक दिवस (तस्बिरहरु)
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन्।
काठमाडौं, फागुन १७ : नेपाली सेनाले आज भव्यरुपमा सेना दिवस मनाएको छ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन्।
समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट मार्चपाष्ट, बख्तरबन्द गाडी, हतियार र इक्युप्मेन्ट प्रदर्शन, ब्याण्ड डिस्प्ले, हेलिकप्टरबाट नेपालको राष्ट्रिय झण्डा र सेना दिवस लेखिएको ब्यानर प्रदर्शनी गरिएको थियो।
प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, फागुन १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार