पशुपतिमा बाबाको चहलपहल (तस्बिरहरु)
आइतबार साँझसम्म ३ हजार ५०० भन्दा बढीसंख्यामा साधुसन्तहरु पशुपतिनाथमा औपचारिक प्रवेश गरिसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
काठमाडौं, फागुन १६ : पशुपतिनाथ मन्दिरमा साधुसन्त र जोगिहरुको चहलपहल बढेको छ। महाशिवरात्री पर्व सुरु भइसक्दा विभिन्न स्थानबाट पशुपति आइपुगेका बाबाहरु मन्दिर प्रवेश गरिसकेका छन्।
_copy_1200x800.jpg)
अघिल्लो वर्ष कोभिडका कारण पशुपतिनाथ साधुसन्तको संख्यामा केही कमी आएपनि यसवर्ष भने उल्लेख्य संख्यामा साधुसन्तको उपस्थिती छ। पशुपति क्षेत्र विकास कोषका अनुसार आइतबारसम्म ३५ सय भन्दा बढी साधुसन्तहरु औपचारिक रुपमा मन्दिर प्रवेश गरिसकेका छन्।
_copy_1200x800.jpg)
औपचारिक रुपमा मन्दिर प्रवेश गरेपछि साधुसन्तहरु धुनी बालेर बस्छन्। साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागीता उल्लेख्य हुने गरेको छ।

भारत लगायत विभिन्न देशबाट पशुपति आइपुगेका साधुसन्तहरुलाई भोजन र बस्ने व्यवस्था पशुपति क्षेत्र विकास समितिले नै गर्छ । यसपटक साधुसन्त संगै भक्तजनको पनि भीड बढ्ने आँकलनसहित पशुपति क्षेत्र विकास समितिले भक्तजनलाई मन्दिर प्रवेशका लागि उचित व्यवस्थापन र सुरक्षाको समेत कडा प्रवन्ध गरेको छ।
_copy_1200x800.jpg)
पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ। तर त्यसको अनुगमन तथा कार्यान्वयन पक्ष हरेक वर्ष फितलो देखिन्छ।
_copy_1200x800.jpg)
साधुसन्तहरुलाई त रोक्न सकिँदैन, तर न्यूनिकरणको प्रयास भने भइरहेको छ। सादा पोसाकका प्रहरीहरुले साधुसन्तको पनि निगरानी गरिरहेका हुन्छन्, नशालु पदार्थको कारोबार गरेको पाइए उहाँहरुलाई पनि प्रशासनले कारबाही गर्न सक्छ,’ पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भने।
_copy_1200x800.jpg)
_copy_1200x800.jpg)
_copy_1200x800.jpg)
_copy_1200x800.jpg)
_copy_1200x800.jpg)
_copy_1200x800.jpg)
_copy_1200x800.jpg)
_copy_1200x800.jpg)
_copy_1200x800.jpg)



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)