एमसिसी विरूद्ध नयाँ बानेश्वरमा प्रदर्शन (तस्बिरहरू)
काठमाडौं, फागुन १२ : अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विरोधमा आज पनि प्रदर्शन भएको छ। एमसिसीको विरोध गर्दै विभिन्न राजनीतिक दलका भ्रातृसंगठनले...काठमाडौं, फागुन १२ : अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को विरोधमा आज पनि प्रदर्शन भएको छ। एमसिसीको विरोध गर्दै विभिन्न राजनीतिक दलका भ्रातृसंगठनले प्रदर्शन गरेका हुन्।
आजको प्रतिनिधि सभाको बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफल हुने कार्यसूची थियो। एमसिसी अनुमोदन नगराउनका लागि सडकबाट दबाब दिन माओवादी केन्द्रनिकट वाइसिएल, अखिल क्रान्तिकारी, एकिकृत समाजवादी निकट विद्यार्थी संगठन र अन्य दलका भ्रातृसंगठनहरुले नाराबाजी गरेका हुन्।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ। प्रदर्शनकारीलाई रोक्नका लागि एभरेष्ट होटल नजिकबाट निषेधित क्षेत्र तोकिएको थियो। प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीसँग झडप भएको हो। झडपमा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेका छन्।
आजको प्रतिनिधि सभा बैठक स्थगित भएपछि भने प्रदर्शनकारीहरु केही संयम देखिएका छन्।