Kathmandu Press

राष्ट्रिय प्रजातन्त्र दिवस : टुँडिखेलमा जे देखियो 

२००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र आएको थियाे र नेपाली नागरिकले स्वतन्त्रता पाएका थिए। साेही दिनकाे सम्मान र सम्झनामा हरेक वर्ष आजैका दिन विविध कार्यक्रमकाे आयोजना गर्ने गरिन्छ।
राष्ट्रिय प्रजातन्त्र दिवस : टुँडिखेलमा जे देखियो 

काठमाडाैं, फागुन ७ : आज ७२औं राष्ट्रिय प्रजातन्त्र दिवस। नेपाली जनताले १०४ वर्षीय जहानियाँ राणाशासनको दुष्चक्रबाट मुक्ति पाएको ऐतिहासिक दिन।

२००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र आएको थियाे र नेपाली नागरिकले स्वतन्त्रता पाएका थिए। साेही दिनकाे सम्मान र सम्झनामा हरेक वर्ष आजैका दिन विविध कार्यक्रमकाे आयोजना गर्ने गरिन्छ।

सोही अवसरमा आज (शनिबार) सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहले याे ऐतिहासिक दिनलाई उत्सवमय बनाइदिएकाे छ।

Hardik ivf

साे समाराेहमा मुलुकका उच्चपदस्थ व्यक्तिहरूकाे सहभागिता थियाे। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीगण, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिताले सैनिक मञ्चले भव्यता पाएकाे थियाे। 

समारोहलाई राैनकमय र गरिमामय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ अंकित ब्यानर बाेकेका दुई हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो।  मैदानबाट पनि शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो।

कार्यक्रममा नेपाली सेनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट मार्चपासका साथै ‘यो नेपाली शिर उचाली...’ सहित देशप्रेमले भरिपूर्ण अन्य कालजयी राष्ट्रिय गीतका धुन र ब्यान्ड प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: १६:२० बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्