Kathmandu Press

एमसिसीको विरोध गर्दै नयाँ बानेश्वरमा प्रदर्शन

अप्रिय घटना नहोस् भनेर सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
एमसिसीको विरोध गर्दै नयाँ बानेश्वरमा प्रदर्शन

काठमाडौं, फागुन ६ : सत्तारुढ गठबन्धनका दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु एमसिसीको विरोध गर्दै आज पनि प्रदर्शनमा उत्रिएका छन्।

उनीहरूले  ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्दै नयाँ बानेश्वर क्षेत्रमा  प्रदर्शन गरिरहेका छन्। उनीहरूले ‘नो एमसिसी’ ब्यानर र प्लेकार्ड बोकेका छन्। कतिपय प्रदर्शनकारीले ‘नो एमसिसी’ लेखिएका टिसर्ट लगाएका छन् भने कतिपयले सोही कुरा उल्लेख भएको फेटा बाँधेका छन्। 

प्रदर्शनकारीहरूले सडकमा टायर पनि बालेका छन्। अप्रिय घटना नहोस् भनेर सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रदर्शनकारीलाई रोक्न पानीको फोहोरा प्रयोग गर्ने उद्देश्यले गाडी पनि तयारी अवस्थामा राखिएको छ।

बुधबार पनि एमसिसीविरुद्ध प्रदर्शन भएको थियो। उक्त दिन प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो। उक्त दिन संसद बैठक थियो भने आज पनि संसद बैठक हुँदैछ।  

्र

 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्