पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध युवा संघकाे प्रदर्शन
मूल्यवृद्धिको विरोधमा प्रतीकात्मक स्वरुप आइरन, मोटरसाइकल, स्कुटरलगायत सवारीसाधनलाई फलामको भाउमा बिक्रीमा राखेको थियो।काठमाडौं, फागुन ५ : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ।
आज (बिहीबार) काठमाडौंमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यवृद्धिको विरोध गरेकाे थियाे। त्यस्तै उनीहरुले मूल्यवृद्धिको विरोधमा प्रतीकात्मक स्वरुप आइरन, मोटरसाइकल, स्कुटरलगायत सवारीसाधन फलामको भाउमा बिक्रीमा राखेको थियो।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले अन्य क्षेत्रमा पनि असर पारेको र यसले सर्वसाधारणको जनजीवन प्रभावित भएको भन्दै विरोध प्रदर्शन गरिएको युवा संघका संगठन विभाग प्रमुख क्षितिज थेवेले जानकारी दिए।
उनले मर्यादाविपरीतको अभियव्यक्ति सार्वजनिक भएको भन्दै पर्यटनमन्त्री प्रेम आलेको बर्खास्तीको माग पनि गरे।
युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलगायतका विषयमा निरन्तर रुपमा सरकारविरुद्ध प्रदर्शन गर्ने जनाएको छ।