एमसिसी विरोधी प्रदर्शनकारीलाई रोक्न लाठीचार्ज र पानीको फोहरासँगै अश्रुग्यास
अश्रुग्याँसका कारण प्रदर्शनकारीको भागदौड मच्चिएको छ। अश्रुग्याँसले गर्दा पैदलयात्री र पत्रकारहरूसमेत प्रभावित भएक छन्।काठमाडौं, फागुन ४ : एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा भएको प्रदर्शनमा झडप भएको छ। प्रहरी र प्रदर्शनकारीबीच झडपका कारण संघीय संसद भवन नयाँ बानेश्वर वरपरको क्षेत्र तनावग्रस्त बनेको छ।
प्रदर्शनकारी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि झडपको स्थिति बनेको हो। माइतीघरदेखि नाराजुलुससहित नयाँ बानेश्वरतर्फ आउँदै गरेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने खोजेपछि झडप भएको हो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरीसमेत घाइते पनि भएका छन्।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले लाठीचार्जसँगै पानीको फोहोरा प्रयोग गरेको छ। त्यसबाट मात्र प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।
अश्रुग्यासका कारण प्रदर्शनकारीको भागदौड मच्चिएको छ। अश्रुग्यासले गर्दा पैदलयात्री र पत्रकारहरूसमेत प्रभावित भएक छन्।
प्रकाशित मिति: १५:२० बजे, बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले जागरणसभाका लागी र्याली सुरूशुक्रबार, मंसिर ७, २०८१
भारतीय सेनाध्यक्ष द्विवेदीले आज प्रधानमन्त्री ओलीलाई भेट्नेशुक्रबार, मंसिर ७, २०८१
सभामुख घिमिरे आज कम्बोडिया जाँदैशुक्रबार, मंसिर ७, २०८१
मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदैशुक्रबार, मंसिर ७, २०८१