सडकमै संसद, संसदमा एमालेको नारा– हत्यारा सभामुख राजीनामा दे
सडक संसदमा ‘बेल’ र नक्कली सभामुख समेत राखिएका थिए। प्रतिनिधि सभा बैठक जस्तै त्यहाँपनि जनाउ घन्टी बजाइयो, राष्ट्रिय गान बजाइयो र संसद सुचारु भएको भनियो। त्यसपछि युवासंघका कार्यकर्ताहरु जर्याकजुरुक उठे र सभामुख विरुद्ध नाराबाजी गर्दै बेल घेरे।
काठमाडौं, फागुन ३ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट युवासंघले सडकमै व्यंग्यात्मक संसद बैठक गरेको छ। मंगलबार नयाँ वानेश्वरस्थित संसद भवन अगाडि युवासंघले सभामुख विरुद्धको आन्दोलनमा सडक संसद बनाएको हो।
सडक संसदमा ‘बेल’ र नक्कली सभामुख समेत राखिएका थिए। प्रतिनिधि सभा बैठक जस्तै त्यहाँपनि जनाउ घन्टी बजाइयो, राष्ट्रिय गान बजाइयो र संसद सुचारु भएको भनियो। त्यसपछि युवासंघका कार्यकर्ताहरु जर्याकजुरुक उठे र सभामुख विरुद्ध नाराबाजी गर्दै बेल घेरे।

उनीहरुले पनि प्रतिनिधि सभा बैठकमा एमालेले सरह नारा लगाए। ‘संसदीय मर्यादा कायम गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’ लगायतका नारा गुञ्जिए। केहीबेरपछि कार्यकर्ताहरुले थप आक्रोशित हुँदै सभामुखलाई हत्यारा समेत भन्न भ्याए। उनीहरुले ‘हत्यारा सभामुख राजीनामा दे’, ‘संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे’ लगायतका नारा लगाए।

प्रदर्शनलाइ थप उत्तेजित हुन नदिनका लागि थुप्रै संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरीले निषेधित क्षेत्र तोकेर प्रदर्शनकारीहरुलाई बानेश्वर कट्न भने दिएन।



















-(86)-1764936079.jpg)
