पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध आयल निगम घेराउ (तस्बिरहरु)
युवासंघका कार्यकर्ताहरुले डोरीले बाँधेको गाडीलाई घिसार्दै निगमको कार्यालय अगाडि पुर्याएका थिए। त्यस क्रममा उनीहरूले निगमलाई ज्ञापनपत्र पनि बुझाएका छन् ।
काठमाडौं, माघ २८ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघले नेपाल आयल निगम घेराउ गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धीको विरोधमा युवासंघले टेकुस्थित निगमको कार्यालय घेराउ गरेको हो।
उनीहरुले निगमको कार्यालय परिसरमा नाराबाजी गर्दै मूल्यवृद्धी तत्काल फिर्ता लिन चेतावनी दिएका छन्।
युवासंघका कार्यकर्ताहरुले डोरीले बाँधेको गाडीलाई घिसार्दै निगमको कार्यालय अगाडि पुर्याएका थिए। त्यस क्रममा उनीहरूले निगमलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।












प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
