Kathmandu Press

बालकुमारी मन्दिरको मूर्ति फेला परेपछि ललितपुरमा सिन्दूर जात्रा

हराएको करिब २० दिनपछि प्रहरीले मूर्ति फेला पारी जावलाखेल ल्याएको थियो। मूर्ति फेला पारेको सूचना प्राप्त भएपछि सुनाकोठीवासी बाजागाजासहित जावलाखेल पुगेका थिए। 
बालकुमारी मन्दिरको मूर्ति फेला परेपछि ललितपुरमा सिन्दूर जात्रा

काठमाडौं, माघ २८ : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति शुक्रबार फेला परेको छ। शुक्रबार बिहान ललितपुरकै हात्तिवनस्थित करुणा मन्दिर परिसरमा बोरामा पोको पारिएको अवस्थामा बालकुमारी मन्दिरको मूर्ति फेला परेको हो। 

हराएको करिब २० दिनपछि प्रहरीले मूर्ति फेला पारी जावलाखेल ल्याएको थियो। मूर्ति फेला पारेको सूचना प्राप्त भएपछि सुनाकोठीवासी बाजागाजासहित जावलाखेल पुगेका थिए। 

प्रहरीले गुठीयारलाई मूर्ति हस्तान्तरण गरेपछि जावलाखेलदेखि सुनाकोठीसम्म सिन्दुर जात्रा गरिएको छ। सुनाकोठी पुर्याइएपछि मूर्तिलाई विधि पुर्याएर पुनः मन्दिरमा राखिएको छ। 

पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति यही माघ ८ गते चोरी भएको थियो ।

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, माघ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्