Kathmandu Press

रोज डे : गुलाब किन्न फूलपसलमा तन्नेरी

यस दिनमा प्रेमीप्रेमिकाबीच रातो गुलाफ आदानप्रदान गरे प्रेम सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिन्छ। त्यसकारण आजको दिन प्रेमिल जोडीहरू एकअर्कालाई रातो गुलाब दिएर प्रेम साटासाट गर्ने गर्दछन्।
रोज डे : गुलाब किन्न फूलपसलमा तन्नेरी

काठमाडाैं, माघ २४ : अंग्रेजी वर्षको दोस्रो महिना फेब्रुअरी प्रेमको महिनाका रूपमा परिचित छ। हरेक वर्ष फेब्रुअरी १४ दिन भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ।

भ्यालेन्टाइन डेअघि एक साताभरि हरेक दिन फरक तरिकाले दिवस मनाइन्छ, जसलाई भ्यालेन्टाइन्स विक भनिन्छ। फेब्रुअरी ७ बाट भ्यालेनटाइन्स विक सुरु हुन्छ। आज (सोमबार) त्यसको पहिलो दिन अर्थात् रोज डे हो।

यस दिनमा प्रेमीप्रेमिकाबीच रातो गुलाफ आदानप्रदान गरे प्रेम सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिन्छ। त्यसकारण आजको दिन प्रेमिल जोडीहरू एकअर्कालाई रातो गुलाब दिएर प्रेम साटासाट गर्ने गर्दछन्।

आज काठमाडौंका फूल पसलहरूमा पनि तन्नेरीहरू गुलाबको फूल किनेर रोज डेलाई उत्सवमय बनाउन लागिपरेका छन्।  

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, माघ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्