Kathmandu Press

माधवनारायणका ब्रतालुको दत्तात्रय यात्रा

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धामबाट सुरु भएको ब्रतायलुको यात्रा दत्तात्रय मन्दिर हुँदै पुनः त्रिवेणी घाट पुगेर सकिएको थियो ।
माधवनारायणका ब्रतालुको दत्तात्रय यात्रा

काठमाडाैं, माघ २३ : माधवनारायणका ब्रतालुले आइतबार गुल्टिएर भक्तपुरको दत्तादत्र मन्दिर परिक्रमा गरेका छन्। भक्तपुरको हनुमानघाटस्थित त्रिवेणी धामबाट सुरु भएको ब्रतायलुको यात्रा दत्तात्रय मन्दिर हुँदै पुनः त्रिवेणी घाट पुगेर सकिएको थियो ।

नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएका एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।

एक महिने अवधिमा माघ शुक्लपक्षको एकादशीका दिन पुरुष ब्रतालुहरुले तौमढीस्थित तिलमाधव नारायण दर्शन गरी सो स्थानदेखि बाटोमा गुल्टिंदै र शंख फुक्दै हनुमानघाटको त्रिवेणीसम्म पुगेर जलासयमा बस्ने गर्दछन्।

ब्रतालुले ब्रत सुरु हुनु एकदिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शंख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, त्यसपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने मान्यता छ।

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, माघ २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्