श्रीपञ्चमीमा सरस्वतीको पुजा र अक्षारम्भ (फोटो फिचर)
काठमाडौं उपत्यकाका स्वयम्भूको मञ्जुश्री मन्दिर, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।
काठमाडाैं, माघ २३ : आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी वा सरस्वती पुजा । श्रीपञ्ची विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने हुनाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

काठमाडौं उपत्यकाका स्वयम्भूको मञ्जुश्री मन्दिर, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लागेको छ ।

आजै अभिभावकहरूले आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरिदिएर अक्षरआरम्भ गराउने र नाक–कान छेडिदिने पनि गर्छन् ।









प्रकाशित मिति: १०:५१ बजे, आइतबार, माघ २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
